


डोटी, २१ वैशाख : धनगढीबाट अछाम जाँदै गरेको यात्रुबस आज बिहान डोटीको चौखुट्टे मेलागौरा
भन्ने स्थानमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १६ जनाको ज्यान गएको छ ।अन्य २० जना घाइते भएका छन् । मृतक मध्ये बस चालक वीरबहादुर विस्ट र
सहचालक वीरू रावल बाहेक कसैको पनि सनाखत नभएको प्रहरीले जनाएको छ । मृतक मध्ये १४ को तत्कालै र अन्य २ को उपचारका त्रममा मृत्यु भएको हाे
। खचाखच यात्रु बोकेको ना४ख ४०१८ नम्बरको बस सडकबाट अन्दाजी ३ सय मिटर
तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरी नायव उपरीक्षक विरेन्द्र केसीले
जनाकारी दिनुभयो ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाले उद्धारकार्य जारी राखेका छन् ।
घाइते मध्ये केहीको डोटी र केहीको अछाम जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ । हिजोमात्र सिन्धुलीको भाँगाझोलीमा बस दुर्घटनाहुँदा १२ जनाको मृत्यु भएको थियो ।
यो विषयका प्रतिक्रियाहरु
ramkumar k.c.:May 4, 2011 01:51:28 PM
what happend there ? plz flow traffika ruale..
mom gurung:May 4, 2011 09:05:08 AM
haina k vayera durgatna hun6 yesari patta lagaunu paryo.yesma driverharuko tholo galti hun6