


डोटी, १ जेठ : डोटीको खिरसैन गाविस-९ मा आज बिहान भएको यात्रुबस दुर्घटनामा ११ यात्रु घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर रहको बताइएको छ । ना२ख ५८७३ नम्बरको बस सडकबाट दुई सय मिटर तल खसेर दुर्घटना भएको डोटी प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइतेहरुको उद्धारका लागि घटनास्थलमा प्रहरी र स्थानीयबासिन्दा सक्रिय छन् ।
घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी लैजाने तयारी भइरहेको बताइएको छ ।