


बझाङ, १८ जेठ : यार्सागुम्बा टिप्न गएका ६ जनाको अत्याधिक चिसोका कारण मृत्यु भएको छ । अरु पनि बिरामी भएर खाली हात घर फर्केका छन् । मृत्यु हुनेमा पाँचजना बझाङका स्थानीय बासिन्दा रहेका छन् भने एक जना सुर्खेतका रहेका त्यहाँबाट फर्केकाहरुले जनाएका छन् । बझाङको रिलु गाविसका रामवहादुर बोहराले जानकारी दिनुभयो । बोहराका अनुसार अबिरल बर्षासँगै परेको हिउँका कारण उक्त क्षेत्रमा अत्याधिक चिसो बढेकाले उनीहरुको मृत्यु भएको हो ।
केही व्यक्तिको भने हिउँमा चिप्लिएर मृत्यु भएको हो । बर्षा र हिउँका कारण उक्त क्षेत्रमा जाने प्राय व्यक्तिको पेट दुख्ने, टाइफाइड लगायतका समस्या देखा परेको फर्केकाहरुले बताएका छन् । यसपाली मौसममा सुधार नआएकाले यार्सा टिप्न गएका अधिकांश रोगले थलिएर फर्केका छन् । यार्सा टिप्न गएकाहरुको मृत्यु भएकोबारे आफूहरुलाई जानकारी नभएको प्रहरीले बताएका छ । यार्सा पाइने ठाउँ प्रहरी चौकीबाट निकै टाढा रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक सूर्यवहादुर केसीले बताउनुभयो ।