Sunday, 20 May 2012 12:46 pm, Nepal

यार्चा टिप्न गएका चार वेपत्ता

मेचीकाली : 2011-06-13 08:33:51


मुगु, ३० जेठ : मुगु र डोल्फुको वनक्षेत्रमा यार्चागुम्बु टिप्न यही जेठ २३ गतेबाट खुल्ला भएपछि यार्चा टिप्न जान लागेका एकै गाउँका चारजना कर्णाली नदीको फलामे तुइन चुँडिएर बेपत्ता भएका छन् । डोल्फु गाविसका सचिव मकर रावलले दिएको जानकारीअनुसार डोरी चुँडिएर नदीमा खसेर बेपत्ता हुनेहरूमा डोल्फु गाविस–२ निवासी २१ वर्षीय छेवाङ तामाङ र वडा नं. ३ निवासी ३५ वर्षीय फुटिक लामा तथा दुईजना नाम खुल्न नसकेका व्यक्ति छन् ।

पन्ध्र वर्षअघि उक्त फलामे तुइन डोल्फु हुँदै शे–फोक्सुन्डो जानका लागि विदेशी पर्यटक आफँैले निर्माण गरेको सो तुइन जिर्ण भएको बताइएको छ । तुइनबाट खसेर बेपत्ता भएका व्यक्तिको खोजीका लागि प्रयास थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तर, विकट भौगोलिक अवस्था रहेकाले बेपत्ताहरूलाई जीवितै उद्धार गर्ने सम्भावना कम रहेको गाविस सचिव मकरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु