Sunday, 20 May 2012 12:46 pm, Nepal

यार्सागुम्बा टिप्न गएका तीनजनाको मृत्यु

मेचीकाली : 2011-06-19 09:08:52


डोल्पा, ५ असार : यार्सागुम्बा टिप्न गएका जाजरकोटका तीन किशोरहरुको डोल्पाको भालुवाचौरमा हिमपहिरोमा परी मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट नायकवाडा गाविसका सिंहबहादुर सिंह, पदमबहादुर सिंह र रामीडाँडा गाविसका लिम्सास्थित वीरेन्द्र ऐश्वर्य उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी प्रेमबहादुर बोहरा छन् ।

उनीहरु तीनै  जनाको डोल्पाको मालुवाचौर लेकमा यार्चा खोज्ने क्रममा हिमपहिरोमा पुरिएर मृत्यु भएको अर्का आफन्त डिल्लीबहादुर सिंहले बताउनुभयो । घटनास्थल घरदेखि झण्डै पाँच दिनको पैदल हिड्नुपर्ने र विकट भएको मृतकको शव हिमालमै गाडेर आएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु