


सल्यान, ११ असार : सल्यानमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।सिनवाङ्ग गाविस– २ का खड्ग बुढाथोकीले आफ्नी ३५ वर्षीया श्रीमती शोभा बुढाथोकीको कोदालो प्रहार गरी शुक्रबार साँझ हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बारीमा काम गरेर घर फर्कंदै गर्दा सामन्य विवाद भएपछि उनले आफूसँगै रहेको कोदालोले शोभाको टाउकोमा प्रहार गरेका थिए ।
कोदालो प्रहारबाट टाउकामा गम्भीर चोटलागेकी शोभाको घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।निज बुढाथोकीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।