


ओखलढुंगा, १२ असार : ओखलढुङ्गाबाट उदयपुर जाँदै गरेको जन्ती चढेको डुङ्गा आइतवार बिहान साँढे आठ बजे सुनकोशी नदीमा पल्टिंदा बेपत्ता भएका बेहुला–बेहुलीसहित तीन अझै फेला परेको छैन ।बेपता हुनेमा वेहुला उदयपुर घुर्मीका महेश धमला, बेहुली बलखु– ६ की सुमित्रा लुईटेल र अर्का एक जना जन्ती घुर्मीकै तिलक राई रहेका छन् । प्रहरीका अनुसार ओखलढुङ्गाको बलखुबाट उदयपुरको घुर्मी तर्फ जाँदै गरेको उक्त डुङ्गा बलखु–७ को थुम्लेघाटमा पल्टेको हो । ९ जना यात्रु सवार रहेकोमा तीन जना बेपता छन् ।
दुर्टनापछि बेपत्ता रहेका चार मध्ये एक जनालाई घट्नास्थभन्दा केही तल घाइते अबस्थामा फेला परेको थियो ।
उद्दारको लागि आखलढुङ्गाकै हर्कपुर प्रहरी चौकीदेखि सशस्त्र र नेपाल प्रहरी गरी ९ जना र पलपु देखि चार प्रहरी घटनास्थल तर्फ लागेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक अच्युत चापागाईले जानकारी दिए ।