


अछाम, १८ असार : अबिरल बर्षापछि आएको बाढी र पहिरोका कारण जनधनको क्षति हुने क्रम रोकिएको छैन । हिजोमात्रै देशका विभिन्न स्थमाना १० जनाको बाढी र पहिरोमा पुरिएर मृत्यु भएको थियो । आज बिहानै अछाममा थप तीन जनाको पहिरोमा परेर मृत्यु भएको छ । मृत्यु हुनेहरुमा अछामको मालतीकोट गाविस–७ तालीगाउँका १४ वर्षीय रमेश विक १० वर्षीय ध्रव विक र ९ वर्षीय इसरा विक रहेको जनाइएको छ । पहिरोमा पुरिएर नाम खुल्न नसकेका अर्का एक बालक घाइते भएका छन् ।
प्रहरी र स्थानीयबासी मिलेर मृतकको शव पहिरोबाट निकालेका छन् । जिल्लाका अन्य विभिन्न स्थानमा पनि लगातारको बर्षाका कारण पहिरो गएको प्रहरीले जनाएको छ ।