Sunday, 20 May 2012 12:52 pm, Nepal

छोटी भन्सार कार्यालयमा बम विष्फोट

रासस : 2011-07-07 08:49:56


बर्दिया, २३ असार : तराईमा सशस्त्र सङ्र्घष गर्दै आएको जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीले आज बिहान गुलरिया छोटी भन्सार कार्यालयमा प्रेसर कुकर बम विष्फोट गराएको छ ।बम विस्फोटबाट कार्यालयको पछिल्लो भागमा सामान्य क्षति पुगेको छ । विष्फोटबाट कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक कृष्णप्यारा खरेलले जानकारी दिनुभयो ।

    आतङ्क फैलाई चन्दा असुल्ने नियतबाट बम विष्फोट गराइएको हुन सक्ने आशङ्का प्रहरीले गरेपनि जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीका थरुहट कमाण्ड इन्चार्ज पवन सिंह त्यो मान्न तयार छैनन् ।विष्फोटलगत्तै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सिंहले सीमा क्षेत्रका नेपाली आफंैले उब्जाउ गरेको कृषिबाली बेचबिखन गर्न लैजाँदा सशस्त्र प्रहरी र भन्सार कर्मचारीहरुले जवर्जस्ती भन्सार लगाउने र अनावश्यक दुःख दिने गरेकाले चेतावनीस्वरुप बम विष्फोट गराइएको बताए ।

    घटनालगत्तै त्यस क्षेत्रमा प्रहरी सक्रियता बढाइएको र घटनामा संलग्न व्यक्तिहरुको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु