Sunday, 20 May 2012 12:52 pm, Nepal

जँड्याहा युवाको टोलीले आक्रमण गर्दा २ प्रहरी जवानको मृत्यु

मेचीकाली : 2011-07-08 11:42:09


दाउराको चिर्पट र रक्सीको बोतलले आक्रमण

डोल्पा, २४ असार : जाँडखाएर बजारमा हल्ला गर्दै हिँडेका स्थानीय जँड्याहा युवाको समूहले आक्रमण गर्दा डोल्पामा २ प्रहरी जवानको मृत्यु भएको छ। डोल्पाको जुफालस्थीत विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी चौकीका प्रहरी जवानहरु गुल्मी अर्जे १ पुतलगाँउका कमल भण्डारी र मार्के ५ सल्यानका झमन रेउलेको मृत्यु भएको हो।  गएराती किनमेलका लागि बजार आएका प्रहरी र युवाबीच सामान्य भनाभन भएपछि ८,१० जनाको जँड्याहाको समूहले प्रहरीमाथि आक्रमण गरेका थिए ।

आक्रमणकारीले चिरपट, दाउरा र बोतल समेतबाट प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लागेका प्रहरी जवानहरु बेहोस अवस्थामा रहेका बेला प्रहरी चौकीवाट गएको थप बलले उद्दार गरी स्थानीय स्वास्थ्य चौकी पुर्‍याएको थियो। अवस्था गम्भीर भएकाले तत्काल काठमान्डौ लैजान सजिलो होस् भनी उनीहरुलाई जिल्ला अस्पत्ताल नलगी विमानस्थल रहेकै गाउँको उपस्वास्थ्यमा उपचार गराइएको थियो। जुफालबाट सदरमुकाममा रहेको अस्पत्ताल पुर्याउन करिब ४ घण्टा लाग्छ।

टाउकोमा गम्भीर चोट लागेका रेउलेलाई काठमाडौं लैजान मन्त्रलायमा जानकारी गराएर हेलिकप्टर मगाइएको थियो। हेलिकोप्टर नआइपुग्दै रेउलेको दिउँसो मृत्यु भएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। प्रहरीले आक्रमणमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । 

यो विषयका प्रतिक्रियाहरु

basu morang:Jul 8, 2011 05:49:31 PM

हाम्रो देश मा कनुन६ तर कानुन को पालना ६इन
योसतो गंविर किसिम को घटना फेरी नाधोहोरियौना नेताले कानुनलाई साथ दियर राजनीतिक दलले
कानुन संगत कारबाही गरेर देखाउनु पर्यो हत्यारा को साथ दिनु
भयान प्रहरी ले कारबाही गर्न पछाडी हट्नु भयन

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु