


अछाम, ३१ असार : बेवारिसे बम खेलाउँदै गर्दा पड्केपछि अछाममा शुक्रबार दिउँसो एक बालकको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन् । अछामको बिन्देबासिनी गाबिस वडा नं. ७ खिमाडा गाउका १२ बषिर्य बिक्रम साउदको मृत्यु भएको छ । सोही गाउँकी ५ वर्षीया कविता साउद घाइते भएकी छन् । घाइते बालिकाको स्थानिय मेल्लेख स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक शुशिल सिं राठोरले बताए ।
दुई दिनदेखि परेको झरीले स्थानिय खो्लामा बगाएर ल्याएको सकेट बम खेलाउँदा पड्केको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । दिउँसो दुई बजे बस्तु चराउन गएका बेला बम फेलापरेपछि खेलाउँदै गर्दा बिष्फोट भएको बताइएको छ ।
यो विषयका प्रतिक्रियाहरु
Dandi R Regmi:Jul 27, 2011 05:55:38 PM
very bad news.