


सल्यान, १ साउन : सल्यानमा भिरबाट लडेर आज बिहान एक बालिकाको ज्यान गएको छ । स्यानीखाल गाविस–९ निवासी १३ वर्षीया कल्पना डाँगीको बाख्रा चराउन जङ्गलमा गएको बेला भिरबाट लडेर ज्यान गएको हो । पारिवारिक स्रोतले दिएको जानकारीअनुसार घर नजिकैको भिरबाट लडेर गम्भीर घाइते भएकी कल्पनाको उपचारका लागि दाङ लैजाँदै गर्दा मृत्यु भएको हो ।
मृतक कल्पना, शिव निमावि मूलडाँडामा कक्षा ७ मा अध्ययनरत रहेकी पारिवारिक स्रोतले जनाएको छ ।