


अर्घाखाँची, ८ साउन : अर्घाखाँचीको ठूलापोखरा गाविसमा आज दिउँसो धान लिन खेतमा गएको बेला खोलामा डुबेर तीन विद्यार्थीको मृत्यु भएको छ । धान लिन खेतमा गएको बेला ठूलापोखरा गाविस वडा नं ९ चौहास्थित जररे खोलामा नुहाउने क्रममा खोलामा डुबेर नेपाल राष्ट्रिय उच्च मावि ठूलापोखरामा अध्यनरत तीन विद्यार्थीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ठूलापोखारा गाविस वडा नं १ कि उषा विक, रीता विक र वडा नं ३ कि रेखा पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । उषा र रेखा कक्षा ८ र रीता कक्षा ९ मा अध्ययनरत रहेको स्थानीय प्रकाशचन्द्र पौडेलले बताउनुभयो ।
उहाँका अनुसार मृतक तीनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइँदैछ ।