


रामेछाप, ११ साउन : रामेछापको भलुवाजोरमा बुधबार विहान भएको जीप दुर्घटनामा परि दुईजनाको ज्यान गएको छ । दुर्घटनामा अरु दुई जना गम्भीर घाइते भएका छन् । तामाकोशी–खुर्कोट सडक आयोजनाको बा ७ च ५२५९ नम्बरको जीप भलुवाजोर ८ सेलेघाट नजिकको मोडबाट दुर्घटना हुदा त्यसका चालक अरुणसिंह घर्तिमगर र इन्जिनियर प्रवेश श्रेष्ठको ज्यान गएको हो ।
घर्तिमगर दाङ चौलाहि ५ का वासिन्दा हुन भने श्रेष्ठ सुनसरीका बासिन्दा हुन् । दुर्घटनामा परी यसैगरि भलुवाजोरका सुवाश विक र हेलकुमार प्रधान समेत उक्त दुर्घटनामा परी घाईते भएका छन् । उनिहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।