Sunday, 20 May 2012 12:58 pm, Nepal

एकै परिवारका चार बालिकालाई बलात्कार गर्ने पक्राउ

मेचीकाली : 2011-07-29 08:14:07


धनकुटा, १३ साउन : धनकुटा तेलीयाका एकै परिवारका चार बालिकालाई बलात्कार गर्ने एक युवकलाई प्रहरीले  पक्राउ गरेको छ । धनकुटाको तेलीया गाविस–१ का १४ वर्षीय हर्कबहादुर विश्वकर्माले स्थानीय तामाङ परिवारका चार दिदीबहिनीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बलात्कृत हुनेहरूमा दुईजना ६ वर्षीया जुम्लिया दिदीबहिनी र उनीहरूका चार वर्षीया र पाँच वर्षीया दुई बहिनी रहेका छन् ।

    चारै जना बालिकाको जिल्ला अस्पताल स्वास्थ्य परीक्षण गरिएको छ । बलात्कार गर्ने विश्वकर्मालाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको प्रहरी निरीक्षक अनिल पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु