Sunday, 20 May 2012 12:59 pm, Nepal

लेक लागेर तीन जनाको मृत्यू

मेचीकाली : 2011-08-14 14:08:06


बझाङ, २९ साउन : बझाङको सूर्मा गाविस खगुननारामा लेक लागेर तीन जनाको मृत्यु भएको छ । सुरमा सरोवर मेला हेर्न जाने क्रममा लेकगाउँ २ का रामसिङ्गे चलाउने र नरेश बोहोरा तथा सुबेडा ५ का सिंङ्गे रानाको लेक लागेर मृत्यु भएको हो । लेक लागेर विरामी परेका उनीहरुको गएराती मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुर्णिमाबाट शुरु भएको मेला भर्न गएका अन्य १२ जना विरामी परेको प्रहरी नायब निरिक्षक सुर्य केषीले जानकारी दिनुभयो । विरामी परेपछि उनीहरु सदरमुकाम फर्किएका छन् । सदरमुकाम चैनपूरबाट ४ दिनको पैदल दुरीमा रहेको सुर्मा सरोबरमा बझाङकासाथै छिमेकी जिल्ला बाजुरा, बैतडी र डडेल्धुराबाट हरेक बर्ष तिर्थयात्री मेला भर्न जाने गर्दछन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु