Sunday, 20 May 2012 01:01 pm, Nepal

अव्यवहारिक नियमले राजस्व असुली शून्य

मेचीकाली : 2011-08-14 17:21:03


मुगु, २९ साउन : बहुमूल्य जडीबुटीको भण्डारका रुपमा परिचित मुगु जिल्लमा यो वर्ष यार्सागुम्बा सङ्कलनबाट अधिकांश बासिन्दा धेरथोर लाभान्वित भएका छन् ।विशेषगरी यस जिल्लाको पूर्वी भागमा पर्ने पाँच गाविस मोग्री, पुलु, किम्री, दोला र मुगु गाविसका बासिन्दा बढी लाभान्वित भएका छन् ।  ‘दुई बाबु छोराले करिब एक महिना यार्सागुम्बा सङ्कलन गरी स्थानीय व्यापारीलाई बिक्री गर्दा रु छ लाखजति कमाइ भएको माग्री गाविस–९ महगाउँ निवासी सिनोन तामाङले बताए ।

    सोही गाउँका पासाङ तामाङले आफूले गाउँलेबाट रु चार लाखजति सापटी गरी लागानी गर्दा एक महिनामा करिब रु दुई लाखजति नाफा भएको बताए । साउन महिनाभरि मात्र यस जिल्लामा करिब रु २५ करोड बराबरको यार्सागुम्बाको कारोबार भएको यहाँका स्थानीय व्यापारीले बताएका छन् ।

    चीनको तिब्बतबाट व्यापारीहरु लुकिचोरी गाउँगाउँमै आएर यार्सागुम्बा खरिद गरी लाने गर्दछन् । यसरी उत्तरतिर निर्वाधरुपमा करोडाँै रुपैयाँबराबरको यार्सागुम्बाको कारोबार हुँदा राजस्व खातामा भने एक पैसा पनि जम्मा नभएको जिल्ला वन कार्यालयले जनाएको छ ।

    यसवर्ष यार्सागुम्बा सङ्कलन गर्ने पूर्जी कसैले लिएका छैनन्, हामीले सङ्कलनस्थलमा नै कर्मचारी खटाए पनि कसैले सङ्कलन पूर्जी नलिएका जिल्ला वन कार्यालयका खरिदार मेलबहादुर शाहीले बताउनुभयो । स्थानीय भाषामा यार्सागुम्बालाई छोटकरीमा ‘भु’ अर्थात् कीरा भनेर चिन्ने गरिन्छ । गुणस्तरअनुसार प्रतिकेजी रु सात लाख देखि रु १३ लाखसम्म बिक्रीवितरण भए पनि काठमाडौँको बजरमा प्रतिकेजी रु सात लाख ५० हजारदेखि रु १५ लाखसम्ममा बिक्रीवितरण भइरहेको छ ।

    यसरी काठमाडौँमा यार्सागुम्बाको राम्रो मूल्य भए पनि सरकारको झन्झटिलो कानुनी प्रक्रियाका कारण व्यापारीहरु काठमाडांैँ लैजानुभन्दा तिब्बततिरै लगेर बिक्रीवितरण गर्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु