


लमजुङ, ४ भदौ : लमजुङको बेशीसहरतर्फ जाँदै गरेको बस आइतबार दिउँसो बेशीसहर बजार नजिकै सेराको ओरालोमा दुर्घटना भएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी ३ यात्रुको घटना स्थलमै मृत्यु भएको छ भने ५ यात्रु गम्भीर घाइते भएका छन्। पोखराबाट बेशीसहरतर्फ जाँदै गरेको ग १ ख १८१९ नम्बरको बस दुर्घटना भएको हो।
दुर्घटनाका घाइतेको लमजुङ सामुदायिक अस्पताल बेशीसहरमा उपचार भए पनि घाइते र मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। ओरालोमा ब्रेकफेल भएर बस दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ।