


धनकुटा, २७ भदौ : धनकुटा नगरपालिका– ७ का एकै परिवारका दुई दिदीबहिनी बेपत्ता भएको एक हप्ता बितिसक्दासम्म पनि फेला नपरेपछि आफन्तजनले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका छन् । वडा नं. ७ स्थित टोपुवाटोलका १३ वर्षीया कविता र १६ वर्षीया गङ्गाकुमारी बिश्वकर्मा फेला नपरेपछि उनीहरुको हुलियासहित दाजु नगेन्द्र विश्कर्माले जिल्ला प्रहरी कार्यालय, धनकुटामा खोजतलासका लागि निवेदन दिएका छन् ।
बेपत्ताहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।