


रोल्पा, ३१ भदौ : पूर्वी रोल्पाको रुइनीबाङ बजारमा पहिरोले घर पुरिदा ७ जनाको ज्यान गएको छ । शनिबार राति ३ बजे घर माथिबाट खसेको पहिरोले त्यहाका ६ घर पुरेको हो । प्रहरीका अनुसार घटनाका १८ जना घाइतेहरुलाई जिवितै उद्धार गरियो । मृत्यु भएकाहरुको शव पहिरोबाट निकाल्ने प्रयास भइरहेको छ ।
स्थानीय तुलबहादुर विककी पत्नी र छोराको शव निकालिएको छ । अन्यको सनाखत हुन सकेको छैन ।
प्रहरीका अनुसार सबैको उद्धारका लागि सदरमुकामबाट थप प्रहरी र नेपाली सेनाको देवीदत्त गणका सेनाहरु त्यस पुगेका छन् । ती घरहरुमध्ये केहीमा होटल रहेका थिए । पुएिकामध्ये होटेलमा बस्न आएका पाहुना समेत परेको अनुमान गरिएको छ ।
उद्धारमा खटिएका स्थानीय स्वास्थ्यकर्मी अमृत घर्तीले घटना भए लगत्तै उद्धारमा खटिएको बताए । उनका अनुसार पहिरोमा परी लालबहादुर घर्ती, चन्द्र बुढाथोकी, होम खड्का, कमला बुढाथोकी लगायतका घर पुरिएका हुन् । प्रहरी निरीक्षक बद्री पाण्डेले सेना, प्रहरी र स्थानीयको प्रयासमा उद्धार छिट्टै गरिने प्रयास गएको छ ।
पाण्डेका अनुसार जिल्लामा केही दिन यता भिषण वर्षा भएकाले जिल्लाका अन्य स्थानमा पनि पहिरो गएको हुन सक्ने बताए । तर यसबारेमा खबर प्राप्त हुन भएको छैन ।