Sunday, 20 May 2012 01:07 pm, Nepal

पहिरोले घर बगायो, एकै परिवारका तीनजनाको मृत्यु

मेचीकाली : 2011-09-18 10:05:06


रामेछाप, १ असोज : रामेछापको उत्तरी रस्नालु गाउँमा गएराति पहिरोले घर बगाउँदा ३ वर्षकी बालिकासहित एकै परिवारका ३ महिलाको मृत्यु भएको छ। रस्नालु गाविस ६, दार्खाका श्यामबहादुर रोकाको घर शनिबार राती ८ बजे पहिरोले बगाएको हो। रोकाकी २२ वर्षीया बुहारी कल्पना रोका, १७ वर्षीया छोरी संगीता रोका र २ वर्षीया नातिनी इन्जिला रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

घटनामा परेकी अर्की छोरी गीताको भने घाइते अवस्थामा स्थानीय र बेताली प्रहरी चौकीका सुरक्षाकर्मीले उद्धार गरेका छन्। घाइतेको अवस्था गम्भीर रहेको छ।

पहिरो गएका बेला घरमा कोही पनि थिएनन्। श्यामबहादुर र उनका छोरा रोजगारीको सिलसिलामा विदेशमा रहेकाले घरमा महिला मात्र बस्दै आएका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय धोबीबाट प्रहरी निरीक्षकको कमाण्डमा बिहानै प्रहरी टोली त्यस तर्फ पठाइसकिएको रामेछापका निमित्त प्रहरी प्रमुख, इन्सपेक्टर हरिकृष्ण खत्रीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु