Sunday, 20 May 2012 01:09 pm, Nepal

अस्पताल खुलाउने प्रयास जारी

मेचीकाली : 2011-09-25 15:34:34


धादिङ, ८ असोज : हिजो साँझ भएको तोडफोडका कारण बन्द हुन गएको धादिङ अस्पताल अझै खुल्न सकेको छैन ।     शुक्रबार बेलुकी सो अस्पतालमा सुत्केरी भएकी साँकोस–३ निवासी २३ वर्षीया भगवती श्रेष्ठको मृ्त्यु भएपछि पीडितका आफन्त र स्थानीय व्यक्तिद्वारा गरिएको तोडफोडबाट हिजो साँझदेखि बन्द भएको छ ।

    शल्यक्रिया गरी सकुशल बच्चा जन्मेपछि रक्तश्राव नरोकिएर सुत्केरीको अवस्था गम्भीर हुँदै गएकाले थप उपचारका लागि काठमाडौँ पठाइएकामा बीचबाटोमै उनको मृत्यु हुन गएको थियो ।

    मृतकको शव शनिबार साँझ धादिङ अस्पतालमा ल्याएपछि आक्रोशित भीडले धादिङ अस्पताल तोडफोड गर्दा भीड नियन्त्रण गर्न प्रहरीलाई लाठीचार्ज र अश्रुग्याँससमेत प्रयोग गर्नुपरेको थियो ।

    अस्पताल खुलाउने विषयमा अहिले स्थानीयहरुबीच प्रयास थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु