


दोलखा, ८ असोज : लामाबगर–१ लप्चीका स्थानीयले हरेक वर्ष चिनीयाँ पक्षलाई समस्या पार्ने पशुचरिचरणवापत प्रतिचौरीको वार्षिक तीन धार्नी घिउ बुझाउनु पर्ने बाध्यता अझै भोग्दै आएका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा नजिक रहेको लप्चीबासीले आफ्नो ठाउँमा चरिचरणको अभाव भएकाले वर्षको केही समय सीमापारी चौरी चराउन लानु पर्छ लप्चीका कर्मा शेर्पाले भने ।
तिब्बत सिमा नजिक लप्चीमा १७ घरको बसोबास रहेको छ । सिमानासम्म चिनीया पक्षले बनाएको सडकमा गाडि गुड्छ तर हामी तेस्रो मुुलुकको नागरिक जस्तो महसुश गर्नु परेको उनीले दुखेसो गरे । लामाबगरबाट २ दिनको यात्रापछि पुगिने लप्ची जाने बाटो पनि कठिन भीरहरु रहेको छ । नेपालको सरकारी पक्षको कुनै उपस्थिति नै नहुने ठाउँमा चिनीयाँ प्रहरी १७ दिनसम्म गुम्बामा बसेर स्थानीयलाई दुःख दिएको थियो । तिब्बती शरनार्थी बस्ने आसंकामा आएका ति प्रहरी आए पनि नेपालको सरकारी पक्षलाई कुनै जानकारी नै नभएको शेर्पाले बताए । लप्चीमा नेपाली लामाबगरबाट एक किलो सामान ढुवानी गर्न ६५ रुपैयासम्म पर्छ तर सबैतिर विकासका कुरा हुन्छ लप्चीमा आश्वासन मात्र हुने उनले बताए ।
स्थानीयहरु नेपाली बजार आउँनुभन्दा तिब्बती बजार जान सहज हुने भएकाले उतातिर जाने गरोक छन् । बजारबाट सामान ल्याउन भारी बोक्ने जप्के प्रवेश गराउन समेत चिनीया पक्षलाई शुल्क तिर्नु पर्ने समस्या आफूहरु बेहोर्दै आएको शेर्पाले बताए ।
दोलखाको लामाबगरस्थित सीमा प्रशासन कार्यालय नौ वर्षदेखि विस्थापित हुँदा सीमा क्षेत्रमा यस्तो समस्या उत्पन्न भएको हो । सीमा प्रहरी चौकी समेत लामाबगरमा छ ।
यो कार्यालय २०५९ सालमा तत्कालिन विद्रोही माओवादीको आक्रमणपछि ध्वस्त भएको थियो । देशको परिस्थितिअनुसार सदरमुकाममा सरेको सीमा प्रशासन शान्ति स्थापना भएको पाँच वर्ष वितिसक्दा पनि हालसम्म पुनःस्थापना नसक्नुमा सरकारको उपेक्षा र दोलखाको स्थानीय प्रशासनको समेत मौनता स्थानीयबासीहरु बताउँछन् ।
लामाबगरमा कार्यालय नबस्दा सीमाको रेखदेख, सीमा क्षेत्रमा चिनीयाा सरकारका स्थानीय अधिकारीसँग हुने वार्ता लगायतका काम सीमा प्रहरी चौकी आफैें गर्दै आएको छ । सीमा प्रशासन नबस्दा दोलखामा पर्ने नेपाल चीन सीमामा रहेका ५५ देखि ६१ नम्बरका सात वटा पिलरको समेत सीमा प्रहरी चौकी लामाबगर आफैंले रेखदेख गर्दै आएको छ । जसमा ५७ देखि ६१ नम्बरको पिलर पुग्न दुई दिन पैदन हिड्नु पर्छ । सीमा प्रहरी चौकी लामाबगरका अनुसार २०५५ सालमा आएको बाढीले नेपाल चीनको ६० नम्बरको पिलर बगाइसकेको छ भने ५७ नम्बरको पिलरको अवस्था पनि बगाएको लामाबगर–१ लप्चीका कर्मा शेर्पाले बताए ।
सीमामा कार्यालय नबस्दा तिब्बती नागरिकको चलखेल रोक्न स्थानीय प्रहरीलाई सास्ती भएको छ । पछिल्लो २ महिनामा लामाबगर नाका हुँदै अवैध रुपमा ८० जना तिब्बतीहरु नेपाल प्रवेश गरेका थिए । उनीहरुलाई प्रहरीले पक्राउ गरे पनि भाषा नबुझिने समस्याले गाह्रो परेको बताइएको छ । सीमा कार्यालय भइदिएको भए कार्यालयमा दोभाषे कर्मचारी हुने थिए । हाल प्रहरीले नेपाल प्रवेश गर्ने तिब्बतीलाई सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालयमार्फत काठमाडौंस्थित अध्यागमण विभागमा बुझाउने गरेको छ ।
धेरै वर्षदेखि सीमाका कर्चचारी भने सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयमा बसेर प्रशासनको काम गर्दै आइरहेका छन् । उनीहरु च्रिकोटबाटै तलब खाँदै आइरहेका छन् । दोलखा प्रहरी प्रमुख उमेशराज जोशीले सीमा प्रहरीका लागि भवन निर्माण भई रहेको बताउँदै केही समयमा नै सीमा प्रहरी सीमा नजिक बस्ने बताए ।