


वर्दिया, ९ असोज : बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट ठुलो परिमाणमा भरुवा बन्दुक बरामद गरिएको छ । नेपाली सेना र निकुञ्ज संरक्षण कार्यालयका कर्मचारीको संयुक्त टोलीले हिजो साँझ बबई इलाकाको खयरभट्टी क्षेत्रबाट ४६ थान भरुवा बन्दुक बरामद गरेको हो । गोप्य सूचनाका आधारमा एक घरमा छापा मारी संयुक्त गस्ती टोलीले हतियार बरामद गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत टिकाराम अधिकारीले जानकारी दिनुभयो ।
बन्यजन्तुको शिकार गर्ने योजना अनुरुप शिकारीले सुर्खेतबाट हतियार भित्राएको हुन सक्ने निकुञ्ज अधिकारीहरुले आशंका गरेका छन् । सो क्षेत्रमा सेनाको टोलीले खोजीकार्य जारी राखेको छ ।
बर्दिया निकुञ्ज नेपालकै बढी बन्यजन्तुको शिकार हुने क्षेत्र मानिन्छ । माओवादी सशस्त्र द्वन्दकालमा त्यसक्षेत्रमा ७४ ओटा गैडा मारिएका थिए भने ३ महिना अघि मात्र नमोबुद्ध नामको एउटा बाघ मारिएको थियो ।