Sunday, 20 May 2012 01:15 pm, Nepal

खुकुरी प्रहारबाट प्रहरी जवानको मृत्यु

मेचीकाली : 2011-10-12 13:33:07


गुल्मी, २५ असोज : गुल्मीको नयाँगाउँमा झगडा मिलाउन गएका एक प्रहरी जवानको हत्या भएको छ । नयाँगाउँ गाविस वडा नं. ५ मैदानमा गएराति लागेको सरायँ नाचमा भएको झगडा मिलाउन गएका नयाँगाउँ प्रहरी चौकीका २८ वर्षीय प्रहरी जवान सूर्यबहादुर थापाको हत्या भएको हो । खुकुरी प्रहारबाट सख्त घाइते अर्घाखाँची खिल्जी–६ निवासी थापाको जिल्ला अस्पताल तम्घास गुल्मीमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

 मङ्गलबार राति ११ बजेको समयमा नयाँगाउँ गाविस– ५ स्थित मैदा भत्रे स्थानमा सराउँ नाच भइरहेका बेला विवाद गरिरहेका स्थानीय बासिन्दालाई सम्झाउने क्रममा थापामाथि धारिलो हतियार प्रहार गरिएको थियो । घाइते थापाको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीले शङ्कास्पद चारजनालाई अनुसन्धानका लागि पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजकुमार बैदबारले जानकारी दिनुभएको छ । घटनामा संलग्न एकजना फरार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु