Sunday, 20 May 2012 01:15 pm, Nepal

बारामा भएको दुर्घटनामा २ जनाको मृत्यु, ७ जना घाइते

मेचीकाली : 2011-10-14 09:32:56


बारा, २७ असोज : बीरगंज-पथलैया सडक खण्डको बाराको पिपरा सिमरा गाविसमा शुक्रवार विहान साढे ३ बजे यात्रुवाहक रात्री बस पल्टिँदा दुई जना यात्रुको मृत्यु भएको छ । सात जना घाईते भएका छन् । दुई जनाको अवस्था गम्भीर छ । उनीहरु सबैको हात-खुट्टा र टाउकोमा गहिरो चोट लागेको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा वीरगंज उपमहानगरपलिका १९ का १८ बर्षीय बीवेक श्रेष्ठ र १४ बर्षीय राजधानी श्रीवास्तव छन् ।

'बस अत्यधिक गतीमा गुडाएकोले साईड लिन नसकेर दुर्घटना भयो' इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक अंगुर जिसीले भने, 'बस तीन/चार पल्टन खाएको थियो ।' पोखराबाट वीरगंजका लागि आउँदै गरेको ना ३ ख ४५१६ नम्बरको मिनी बस सिमराको मुख्य मार्गमा रोकी राखेको ना ४ ख ४१९ नम्बरको ट्रकमा एक्कासि ठोकिँदा दुर्घटना भएको उनले बताए ।

बस पल्टिएर चेपिएका यात्रुलाई प्रहरीले उद्धार गरेका थिए । गम्भीर घाईते भएका वीरगंज १९ का २१ बर्षीय राजकुमार श्रीवास्तव र बस चालक पोखरा १ घर भएका १९ बर्षीय विरोधी पौडेललाई थप उपचारको लागि वीरगंजबाट काठमाडौंको बीएनबी अस्पतालमा पठाइएको छ । अरु बाँकी घाईतेहरुको वीरगंज स्थित नारायणी उप क्षेत्रीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु