


कालीकोट, २९ असोज : कालीकोटको लालु खुलालु नजिकैको कर्नाली नदिमा शनिबार साँझ एक जना महिला हाम फालेर बेपता भएकी छन । जिल्लाको माल्कोट गाविस बडा नं। १ निवासी ३२ वर्षिया निर्मला विक ले हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । विकले आफ्नी छोरी कृषना विकले विवाह गर्ने उद्देश्यका साथ माल्कोट गाविस ४ का रमेश विकसँग भागेर गएपछि आत्महत्या गरेको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।
बेपत्ता विकको प्रहरीले खोजी कार्य तिब्र बनाएको छ । भगाउने युवक सहित बेपत्ता विककी छोरी कृषना विकको समेत खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । छोरी शनिवार विहान युवक सँग भागेर गएपछि आमाले हाम फालेको जनाइएको छ । श्रीमान लामो समय देखि दोस्रो विवाह गरि भारतको मुम्बइमा बसेको र घरमा साहाराको रुपमा रहेकी छोरी समेतले भागेर विवाह गरेपछि विकले हाम फालेको स्थानिय गंग रावलले जानकारी दिनु भयो ।