


गुल्मी, २९ असोज : गुल्मीको वीरबास बन्द्ररखुट्टामा आइतबार जिप पल्टिँदा १५ जना घाईते भएका छन । लु १ च ३५१० नम्वरको जिप ब्रेक फेल भई पल्टिएको हो । वीरवासको बाखे्रेबाट हर्दिनेटा छत्रदेवी मन्दिरमा पञ्चवली दिन जाने क्रममा जीप पल्टिएको हो । दुर्घटनामा परि घाईते हुनेहरुको पाल्पाको मिशन अस्पतालमा उपचार भैरहेको छ ।
जिपका चालक फरार भएको प्रहरीले बताएको छ ।