Sunday, 20 May 2012 01:16 pm, Nepal

स्वरोजगार बन्दैछन् महिलाहरू

रासस : 2011-10-17 08:23:29


भोजपुर, ३० असोज : परिवर्तनका संवाहक मानिने युवाजगतहरू रोजीरोटीका लागि विदेसिने क्रम बढिरहेको बेला भोजपुरका महिलाहरू भने उद्यमशील बनिरहेका छन् । समाजमा बढेको व्याप्त बेरोजगारी समस्यामा युवा जमात विदेसिरहेको बेला स्वदेशमा नै बसेर आपनो सीप र दक्षताको सही सदुयोग गर्न सके केही गर्न सकिन्छ भन्ने उदाहरण दिएका भोजपुरका महिलाहरूले ।  यतिबेला आएर भोजपुरका महिलाहरू आफूले सिकेका सीपलाई उनीहरूले व्यावहारिक रूपमा उतारेपछि स्वदेशमै बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण देखाएका छन् ।  

    श्यामसिला गाविस–१ हिले भन्ज्याङकी इन्द्र राई डेढ वर्षको बुटिक, कुसान, पेन्टिङ, कटिङ, डल र गुडिया निर्माण तालिममार्फत सीप सिकेर यति बेला भोजपुरको डाडागाउँमा वुटिक कटिङ सेन्टर खोलेर व्यावसायिक रूप दिएकी छिन् ।

    उनले धरानमा सिकेको सीप भोजपुरमा अरूलाई बाँडेर रोजगारीको बाटो खोलिरहेकी छन् ।

    सङ्घसंस्थाको सहयोग बिना सञ्चालित सेन्टरमा कुर्ता सुरुवाल, साडी, कटिङ, डल र गुडिया आदिको डिजाइनसमेत गरिने राईको भनाइ छ ।

    एकजोर कुर्ता–सुरुवालको १५ सयदेखि १८ सय रूपैयाँसम्म र साडीको १० हजार रूपैयाँसम्म पर्ने उद्यमीहरू बताउँछन् । एउटा कुर्ता–सुरुवाल पूरा गर्न दुईदेखि तीन दिनसम्म लाग्छ ।

    राम्ररी व्यवसाय चल्न थालेपछि यति बेला फुर्सद नभएको उद्यमी महिला बुटिक सञ्चालनसँगै तालिमसमेत चलाइरहेको छन् । उत्पादन गरिएको कुर्ता–सुरुवाल, साडी, गुडियालगायत सामग्री स्थानीय बजारमा नै खपत हुने गरेको छ ।

    सीप सिकेर जीविकोपार्जन गर्न सकिने अवस्था रहेको तालिम लिइरहेका चन्द्र राई बताउँछिन् । श्यामशिला र भोजपुर सदरमुकामआसपासका महिलाहरूले तालिम लिइरहेका छन् ।

    पाँच वर्षदेखि ढाका बुनेर आम्दानी गरिरहेको होम्ताङ–९ की सीता राईले पनि स्वदेशमै केही गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरिदिएका छन् ।

    ढाका बुनेर नै जीवनलाई राम्ररी धान्न सकिने पूर्ण विश्वास बनाएको छन् । यतिबेला जिल्लाको घोरेटार बैकुण्ठे, बोखिम, यूँ, टक्सारमा समेत ढाका बुन्न तल्लीन महिलाहरूको गुरुआमा बनेर ६ महिनाको सीप सिकाइसकेकी छन् ।

    उनले ढाका बुनाई केन्द्र खोलेर गलबन्दी, बर्की साडीहरूजस्ता धागोबाट बुनेर ग्राहकहरूको मन जित्न सफल भएकी छन् ।

    अरू धागोजस्तो ठूलो नभएकाले सानो धागो भएकाले चार÷पाँच दिनमा एउटा गलबन्दी तयार हुने सीताको भनाई छ ।

    आफैँले उत्पादन गरेको सामग्री आफँैले बिक्री गर्नुपर्ने भएकाले समस्यमा परेको सीता बताउँछिन् । सबै रंगको धागो भोजपुरमा नपाइने भएकोले धरानबाट नै ल्याउनुपर्ने समस्या रहेकाले ढुवानी खर्च धेरै लाग्ने भएकाले उत्पादन सामग्री महँगो भएको हुने गरेको उनी बताउँछिन् महिलाहरू आफैँ जागरुक  हुनुपर्ने बताउँदै सीताले सरोकारवाला निकायले पनि महिलालाई सहयोग गर्नु पर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु