


कालीकोट, ३० असोज : दसै तथा दिपावलिको अबसरमा कालिकोट जिल्ला प्रशासन कार्यलयले जिल्ला स्थित सदरमुकाम बजारमा अनुगमन तिब्र पारेको छ । आइतबार कालिकोट जिल्ला प्रसासन कार्यालयले कालिकोट सदरमुकाम मान्मस्तिथ ३ वटा मेडिकलमा अनुगमन गरेको छ । कालिकोटको मान्ममा रहेका महत मेडिकल, पचाल क्लिनिक डाइग्नोसिस सेन्टर र आबिस्कार मेडिकल हलमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा पचाल क्लिनिक डाइग्नोसिस सेन्टरमा २७ प्रकारको औसधि म्याद सकिएको भेटिएको अनुगमन टोलिका प्रमुख एबं सहायक प्रमुख जिल्ला अभिकारी सुन्दरमणि भट्टराइले बताउनु भयो । म्याद सकिएको औसधिलाइ जम्मा गरि बेचबिखनमा रोग लगाइएको बताइएको छ । अनुगमनका क्रममा भेटिएका औसधिमा सीटामोल सिरिन्ज र डेस्रीडका समान समेत म्याद सकिएको अबस्थामा रहेको टोलिले बताएको छ । टोलिले यस पछि पनि सदरमुकामका अन्य मेडिकल र मदिरा बिक्री पसल, होटेल तथा मिठाइ पसलको समेत अनुगमन गरिने प्रमुख जिल्ला अधिकारि दुर्गादत्त ढकालले बताउनु भयो । उहाका अनुसार त्यस पछि अनुगमनलाइ गाउमा समेत तिब्र पार्ने जानकारी दिनुभयो ।