


सिन्धुली, १ कात्तिक : विपी राजमार्गमा समय समयमा भईरहेको दुर्घटना न्यूनिकरण होस् भन्दै सिन्धुलीको पुरानो झाँगाझोली– ४ गैह्रीपुच्छरमा आज रुद्रीपुजाको आयोजना गरिएको छ । यातायात व्यवसायी, स्थानीयबासी र हिमाल तराई यातायात व्यवसायी संघले संयुक्तरुपमा रुद्रीपुजाको आयोजना गरिएको सहकर्मी उपेन्द्र अधिकारीले जानकारी दिए ।
आफूहरु भगवानप्रति भरोसा गर्ने मान्छे भएकाले विपी राजमार्गमा हुने सवारी दुर्घटना कम होस् भन्ने हेतुले रुद्रीपुजा आयोजना गरेको पण्डित बद्री पोखरेलले बताउनुभयो । गत विहिबार पुरानो झाँगाझोली– ४ गैह्रीपुच्छरमा विपि यातायातको बस दुर्घटना हुँदा ४१ जना यात्रुले ज्यान गुमाएका थिए ।