Sunday, 20 May 2012 01:20 pm, Nepal

बेचिन लागिएका बालकको उद्धार

मेचीकाली : 2011-10-19 10:10:27


गाईघाट, २ कात्तिक :  उदयपुरको तावाश्री गाविसबाट भारततिर बिक्री गर्न लगिँदै गरेका केही बालकलाई सिराहा प्रहरीले उद्धार गरी इलाका प्रहरी कार्यालय कटारीमा बुझाएको छ ।उद्धार गरिएका बालकहरुमा तावाश्री गाविसका १३ वर्षीय देबबहादुर तामाङ, ११ वर्षीय अनिल परियार, ११ वर्षीय श्यामकुमार तामाङ र १२ वर्षीय अर्जुन परियार रहेका छन् ।

    उद्धार गरिएका बालकहरु कटारी इलाका प्रहरी कार्यालयबाट रिस्कु प्रहरी चौकी हुँदै तावाश्रीमा रहेका उनीहरुका अभिभावकलाई मङ्गलबार जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

    बालकहरुलाई भारततिर ललाइफकाई लाने प्रयाशमा रहेका दलाल तेजबहादुर परियार र पिउने परियार भने फरार छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु