Sunday, 20 May 2012 01:21 pm, Nepal

साक्षरता अभियान सुरु भएन

मेचीकाली : 2011-10-22 08:46:59


कैलाली, ५ कात्तिक : सरकारले घोषणा गरेको राष्ट्रिय साक्षरता अभियान बझाङ जिल्लामा सुरु हुन सकेन । यही कात्तिक १ गतेबाट सुरु गर्ने भनिएको सो अभियान गाविस सचिवको लापरबाहीका कारण सुरु हुन नसकेको हो । जिल्लाका ४७ वटा गाविसमा साक्षरता कक्षा सञ्चालन गर्न जिल्ला शिक्षा कार्यालयले गाविसको खातामा रकम निकासा गरिसकेको बताइएको छ ।

साक्षरता अभियान सञ्चालनका लागि गाविसले आवश्यक शैक्षिक सामग्री र स्टेसनरी खरिदसमेत नगरेको जनाइएको छ ।

    जिल्ला शिक्षा कार्यालयका अनुसार साक्षरता कक्षा पढाउने र निरीक्षकको छनोट नभएका कारण सो अभियान सञ्चालनमा कठिनाइ आएको छ ।

    गाविस सचिवलाई पटकपटक साक्षरता कक्षा सञ्चालनका लागि पत्राचार गर्दै आएको र तिहारपछि त्यसलाई निरन्तरता दिन आफू लागिपर्ने जिल्ला शिक्षा अधिकारी शङ्कर विष्टले बताउनुभयो ।

    उहाँका अनुसार जिल्लामा १३७ वटा साक्षरता कक्षा सञ्चालन गर्न सात करोड बजेट छुट्याएको छ । सो साक्षरता कक्षा सञ्चालनबाट जिल्लाका १२ हजारभन्दा बढी निरक्षरलाई साक्षर बनाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु