


काठमाडौं, ८ कात्तिक : एकीकृत माओवादीका सचिव सिपी गजुरेलले क्रान्तिको बाटो छाडेकाले अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराइलाई पार्टीमा बस्ने अधिकार नभएको टिप्पणी गर्नुभएको छ । नेतृत्वले पार्टीमा टिकिरहन मात्र क्रान्तिको कुरा गरेको उहाँको भनाई थियो । सिन्धुलीको कमलामाई नगरपालिकामा आज विहान आयोजित कार्यक्रममा उपाध्यक्ष मोहन वैद्य निकट सचिव गजुरेलले अधुरो रहेको क्रान्तिका कुरा छाडेर शान्तिको मात्र रटान लगाउने व्यक्ति माओवादी नै हुन नसक्ने बताउनुभयो ।
प्रधानमन्त्री समेत रहेका पार्टी उपाध्यक्ष भट्टराईले गरेको बिपा संझौता राष्ट्रघाती भएको भन्दै उहाँले भारतमा नचलेका उद्योग धन्दा सबै नेपालमा आउने र घाटा व्यहोरेर सरकार टाट पल्टिने टिप्पणी गर्नुभयो । भट्टराईको सरकारले चमत्कार गरेर देखाउछ भनि बुद्धिजिवीमा परेको भ्रम क्रमश हट्दै गएको सचिव गजुरेलको भनाई थियो ।