Sunday, 20 May 2012 01:25 pm, Nepal

बन्दीले पालैपालो टीका लगाए

रासस : 2011-10-28 19:56:32


धादिङ ११ कात्तिक : क्षमताभन्दा चार गुना बढी बन्दी रहेको जिल्ला कारागार शाखाका बन्दीले तिहारको टीका लगाउने स्थानको समस्याले पालैपालो गरेर टीका लगाएका छन् । जीर्ण अवस्थामा कारागार भवन हुँदा समेत मर्मतसम्भार नभएको र बन्दीको सङ्ख्या बढे पनि क्षमताका आधारमा भवन नयाँ बनाउनेतर्फ ध्यान नगएको भए पनि बाहिर आएर बन्दीले टीका लगाउन पाएकामा खुसी व्यक्त गरे ।

    अत्यधिक धेरै बन्दी भए पनि उनीहरुलाई तिहार मनाउन सबैले पाऊन् भनेर पालो गरी कारागारमा टीका लागाउने व्यवस्था मिलाइएको प्रहरी सहायक निरीक्षक डिलबहादुर थापाले जानकारी दिनुभयो ।

    जीर्ण अवस्थामा रहेको भवन क्षमताभन्दा चारगुना बढी बन्दी रहेकाले सुत्दा समेत पालो गरेर सुत्नुपर्ने अवस्था रहेको कारागार प्रशासनले जनाएको छ ।

    धादिङ कारागारमा २५ जना पुरुष बन्दी क्षमता भएको स्थानमा ५४ थुनुवा र ५३ बन्दी तथा पाँचजना महिलाबन्दीको क्षमता भएको स्थानमा नौ थुनुवा र चार  बन्दी गरी १३ जना छन् ।

    पैंतिस वर्षअघि निर्मित जिल्ला कारागार शाखा धादिङ जीर्ण भएर लड्न लाग्दा समेत सम्बन्धित निकायले ध्यान नदिँदा बन्दी उच्च जोखिममा  छन् ।

    पालोपालो गरी सुत्नु पर्ने भएकाले अर्को साथी उठ्ने बेला कुरेर बस्नुपर्छ– एक बन्दीले दुःखेसो सुनाए ।

    कारागार अहिले भत्किन लागेको छ । निर्माण गर्नका लागि पटक पटक माग गर्दा समेत मन्त्रालय र विभागले बेवास्ता गरेका कारण समस्या परेको कारागार प्रमुख मदन श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु