Sunday, 20 May 2012 01:26 pm, Nepal

मुस्ताङ गाडी दुर्घटनामा एकको मृत्यु, बाह्र घाइते

मेचीकाली : 2011-10-29 20:05:23


धादिङ, १२ कात्तिक : जिल्लाको त्रिपुरेश्वर गाउँ विकास समिति चरङ्गेमा शनिबार दिउँसो जिप दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी घाइते भएका छन् । धादिङको उत्तरी क्षेत्र किन्ताङफेदीबाट सदरमुकाम धादिङबेसीतर्फ आउँदै गरेको ना१ज ३०८६ नम्बरको मुस्ताङ नामको जिप दुर्घटना हुँदा दार्खा गाविस–३ निवासी २५ वर्षीया जेमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    छतमा समेत खचाखच यात्रु बोकेर हिँडेको जिप गन्तव्यतर्फ अगाडि बढ्दै गर्दा पटकपटक मर्मत गरिँदै आएको जिपमा सवार सुजन गुरुङले बताउनुभयो ।

    चौध जना यात्रु बोक्ने क्षमता भए पनि दुई गुणा यात्रु बोकेको जिप कच्ची सडकबाट करिब ५० फिट तल खसेको थियो ।

    समयमा नै मर्मत नगरी सञ्चालनमा ल्याइएको गाडी बिग्रिएका कारण दुर्घटना भएको यात्रुहरुले जानकारी दिएका छन् । दुर्घटनामा घाइते भएकाहरुको स्थानीय स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु