Sunday, 20 May 2012 01:26 pm, Nepal

भीरबाट हामफालेर शिक्षकद्वारा आत्महत्या

मेचीकाली : 2011-10-30 12:20:57


दैलेख, १३ कात्तिक : दैलेखको दुर्गम गाउँ तोलीजैसी आग्राका एक शिक्षकले भीरबाट हामफालेर आत्महत्या गरेका छन् । प्रहरीले दिएको जानकारीअनुसार तोलीजैसी गाविस–५ निवासी ४१ वर्षीय धीरबहादुर शाहीले शनिबार घर नजिकैको अँधेरीखोलामा हामफालेर आत्महत्या गरेका हुन् । प्रहरीले घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको जनाएको छ ।

    मालिका माध्यमिक विद्यालय ठिमुरेमा राहत दरबन्दीमा अङ्ग्रेजी विषयको मावि शिक्षक पदमा कार्यरत शाही १७ वर्षदेखि शिक्षण पेशा गर्दै आएका थिए ।

    प्राप्त जानकारीअनुसार गएराति स्थानीय भइनी जात्रामा एकजना काका नाता पर्नेले सामान्य विवादमा गालामा चट्कन हानेपछि आत्मग्लानी भई आत्महत्या गर्न तयार भएको र यसमा कसैलाई दोष छैन भनी लेखेको चिठ्ठी प्रहरीले फेला पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु