Sunday, 20 May 2012 01:27 pm, Nepal

देउसी–भैलो खेलेको पैसाले विद्यालय सञ्चालन गरिने

मेचीकाली : 2011-11-01 16:43:41


पर्वत, १५ कात्तिक : विद्यालयमा अङ्ग्रेजी कक्षा सञ्चालनका लागि आयोजना गरिएको देउसी–भैलो कार्यक्रमबाट रु चार लाख सङ्कलन भएको छ । पर्वतको कटुवाचौपारीमा रहेको जनप्रिय प्राथमिक विद्यालयले अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन गर्ने उद्देश्यले आयोजना गरेको देउसीे–भैलो कार्यक्रमबाट करिब रु ४ लाख पाँच हजार सङ्कलन भएको  हो ।

    विद्यार्थी र अभिभावकको अङ्ग्रेजी शिक्षाप्रति आकर्षण बढेकाले गत वर्षदेखि कक्षा ४ सम्म अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरेको सो विद्यालयले अब सबै कक्षामा अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन गर्ने प्रधानाध्यापक रमाकर अधिकारीले बताउनुभयो ।

    सोही विद्यालयको नाममा  कटुवाचौपारी–८ निवासी वासुदेव लामिछानेले  आफ्ना बाबु र आमाको सम्झनामा रु ५० हजार १५१ अक्षयकोष स्थापन गर्नुभएको छ । देउसी–भैलो कार्यक्रम सफल पार्नका लागि अभिभावक, विद्यार्थीलगायतले सहयोग गरेको विद्यालयका प्रधानाध्यापक अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु