Sunday, 20 May 2012 01:30 pm, Nepal

यस वर्ष हिमालमा कात्तिकमै हिउँ भरियो

मेचीकाली : 2011-11-03 10:03:09


म्याग्दी, १७ कात्तिक : विगतका वर्षमा पुष माघको चिसो मौसममा पनि हिउँ नदेखिने म्याग्दीका उच्च पहाडी क्षेत्रमा यस वर्ष भने कात्तिकमै हिउँ पर्न थालेको छ । म्याग्दीमा पर्ने धौलागिरी, गुर्जा, अन्नपूर्ण लगायतका हिमश्रृङ्खला र त्यस आसपासका पहाड यस वर्ष छिट्टै हिउँले भरिएका छन् । २०६६ र ६७ सालमा कम हिउँ परेका कारण ती क्षेत्र कालो पहाडमा परिणत भएका थिए तर यस वर्ष हिउँले भरिए ।

    मुदी, लुलाङ, गुर्जा, नारच्याङ, दाना, चिमखोला, कुईनेमंगलेका पहाडका टाकुरामा यस वर्ष छिटो चिसो सुरु भएको र हिउँ पनि छिट्टै पर्न सुरु भएको स्थानीयवासीले बताएका छन् ।

    पहाडी क्षेत्रका कृषकहरु यस वर्ष खुसी छन् ।

    हिउँ नपर्दा गहुँ, जौ, उवा लगायत हिउँदेबालीको उत्पादन घट्ने र हिउँ पर्दाको वर्ष उत्पादन बढ्ने भएकाले स्थानीयवासी हर्षित भएको गुर्जाका रिद्धबहादुर छन्त्यालले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु