


पाँचथर, २५ कात्तिक : पाँचथरको नाँगिन २ मा हिजो वेलुकी भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अन्य दुई घाईते भएका छन् । पांचथरको फिदिमवाट नाँगिन तर्फ गइरहेको को १ च ३६१३ नम्वरको पिकअप व्रेकफेल भई नाँगिन २ को अम्वके भीरवाट करिव ३ सय मिटर तल खसेको थियो । मृत्यु हुनेमा सवारी चालक नाँगिन ८ वस्ने दुर्गा मिश्र र सँगिता न्यौपाने रहेका छन् ।
दुर्घटनामा परी नाँगिन ८ का याम प्रसाद चापागाई, र तुलसी न्यापानै गम्भीर घाइते भएका छन् । घाइते दुवैलाई गएराती नै न्यूरो अस्पताल विराटनगर लिगिएको छ ।