Sunday, 20 May 2012 01:35 pm, Nepal

खराब मौसम : चारसय पर्यटक विमानस्थलमै

मेचीकाली : 2011-11-12 18:58:28


सोलुखुम्बु, २६ कात्तिक : सोलुखुम्बुको खुम्बु क्षेत्र र फाप्लुमा खराब मौसमका कारण आज तेन्जिङ हिलारी विमानस्थल लुक्लामा सीता एयरका दुईवटा डोनियर विमानले मात्र उडान भरेका छन् भने फाप्लुमा कुनै उडान हुन सकेन । उडान हुन नसक्दा लुक्लामा तीन सय ९० भन्दा बढी पर्यटक आज काठमाडौँ जान पाएनन् भने फाप्लुबाट १५ जनाभन्दा बढी पर्यटक काठमाडौँ जान पाएका छैनन् ।

    आज दिउँसो मौसममा आंशिक खराबी आए पनि साँझ ५ बजेदेखि बाक्लो हुस्सु र सिमसिम पानी परेकाले पर्यटक तथा आसपासका जनजीवन प्रभावित बनेको लुक्लाका स्थानीय बासिन्दा सूर्य थुलुङले बताउनुभयो ।

    सोलुखुम्बुको मौसममा खराबी आएपछि तेन्जिङ हिलारी विमानस्थल लुक्ला र फाप्लुको हवाई उडान प्रभावित भएको छ । लुक्लामा दैनिक ५० भन्दा बढी उडान हुने र फाप्लुमा पाँचभन्दा बढी उडान हुने विमानस्थलमा उडान नहुँदा सोलुखुम्बुबाट काठमाडौँ जाने स्वदेशी तथा विदेशी नागरिक मर्कामा परेका छन् ।

    तत्काल काठमाडौँ पुग्नुपर्ने पर्यटकलाई फिस्टेल, सिम्रिक र माउन्टेन हेलिकप्टरबाट १२ वटा उडान भरी ६० जना पर्यटकलाई काठमाडौँ पठाइएको नागरिक उड्ड्यन प्राधिकरण लुक्लाले जनाएको छ ।

    आज बेलुकाको मौसमको छाँटकाँट हेर्दा भोलि पनि मौसम खुल्ने कि नखुल्ने भन्ने बारेमा केही भन्न नसक्ने स्थिति रहेको फाप्लु नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु