Sunday, 20 May 2012 01:36 pm, Nepal

अपरिचित समूहको कुटपिटबाट हत्या

मेचीकाली : 2011-11-12 19:02:43


दोलखा, २६ कात्तिक : अपरिचित समूहको कुटपिटबाट दोलखाको जफे गाविसमा आज एक पुरुषको मृत्यु भएको छ । स्थानीय छौंडे बजारमा हाट हेर्न गएका जफे गाविस–६ का अन्दाजी ३५ वर्षका हरि पोखरेलको कुटपिटबाट मृत्यु भएको हो । हिजो छाँैडेमा लाग्ने हाट हेर्न भनी घरबाट निस्किएका पोखरेल कुटपिटबाट गम्भीर घाइते भएको र स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको छाँैडे प्रहरीले जनाएको छ ।

स्थानीय शिक्षक सुमन पोखरेलका अनुसार घाइते हरिलाई आज बिहान जफे गाविस–५ स्थित कालीपोखरीमा स्थानीयले गम्भीर अवस्थामा फेला पारी उपचारका लागि स्वास्थ्य संस्थामा पु¥याएका थिए । मृतकको अनुहार, टाउकोलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको नाम भने खुलाइएको छैन ।  

    जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक हेमन्त थापाले हत्या कसले र किन ग¥यो भन्ने विषयमा अहिलेसम्म केही खुल्न नसकेको र घटनाका विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

    घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको एक टोली घटनास्थलतर्फ खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु