Sunday, 20 May 2012 01:36 pm, Nepal

नार हत्याकाण्डको सुनुवाइ सकियो

मेचीकाली : 2011-11-14 08:32:19


मनाङ, २८ कात्तिक : पटक–पटक स्थगित हुँदै आएको मनाङको चर्चित नार हत्याकाण्ड मुद्दाको एकदुई दिनमै फैसला हुने भएको छ । न्यायाधीश, सरकारी वकिल र प्रतिवादी वकिलको तालमेल नमिल्दा यसअघि ६ पटकसम्म सुनुवाइ हुन नसकेको यो मुद्दाको सुनुवाइ सकिएको छ । बिहीबारदेखि मुद्दाको बहस पैरवी सुरु भएको र अब एकदुई दिनमै फैसला हुने जिल्ला अदालत मनाङले जनाएको छ ।

    यसअघि, न्यायाधीश नहुँदा एक, सरकारी वकिल नहुँदा दुई र प्रतिवादीका वकिल नहुँदा दुई गरी पाँच पटकसम्म पेसी सर्दै आएको थियो । पटक–पटक पेसी सार्दा सुनुवाइ नै प्रभावित हुने भएकाले अब पेसी सार्न नपाउने निर्णय गरिएको थियो ।

    मनाङमा न्यायाधीश नभएकाले लमजुङ जिल्ला अदालतका न्यायाधीश काशीनाथ पोख्रेलले मुद्दा हेर्नुभएको छ । दुवै पक्षको बहस सकिएको र अहिले फैसला लेख्ने काम भइरहेको अदालत स्रोतले जनाएको छ ।

    मनाङको नारमा गोर्खा केरौंजाका ७ जनाको यर्सागुम्बा टिप्ने क्रममा ०६६ साल असार २२ गते हत्या भएको थियो । सो घटनामा पक्राउ परेका १९ जना हाल पुर्पक्षका लागि थुनामा छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु