


अर्घाखाँची, २८ कात्तिक : अर्घाखाँची जिल्लाको किमडाँडामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । लु१ज १७५६ नम्बरको जिप किमडाँडाको सिमलपाटामा सडकमै पल्टिँदा गुल्मी पुर्कोटदह गाविस आरुपाटाका सोही जिपका सहचालक १७ वर्षीय तिलक केसीको घटनास्थलमै मृत्यु भएको हो ।
तम्घासबाट पूर्वभारतीय सैनिक पेन्सनरले रिजर्भमा ल्याएको जिप यात्रुलाई उतारेपछि एक्कासि सडकमा नै पल्टिएको थियो । आइतबार राति अबेर भएको यो दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।