Sunday, 20 May 2012 01:37 pm, Nepal

लुक्ला र फाप्लुको मौसम अझै खुलेन

मेचीकाली : 2011-11-14 11:17:21


सोलुखुम्बु, २८ कात्तिक : तीन दिनदेखि लुक्लाको मौसम पुनः बिग्रिएपछि तेन्जिङ हिलारी विमानस्थल लुक्लाको हवाई उडान प्रभावित भएको छ । आज बिहानै लुक्लाबाट काठमाडौँका लागि उडेको फिस्टेल र डाइनेस्टिकका दुई हेलिकोप्टर खराब मौसमका कारण लुक्लामै फर्किएको र कामाडौँबाट पनि लुक्लाका लागि उडेको दुई हेलिकोप्टर बीचबाटै काठमाडौँ  फर्किएको नागरिक उड्ड्यन प्राधिकरण लुक्लाले जनाएको छ ।

    लुक्लाबाट काठमाडौँ जाने पर्यटकको सङ्ख्या आठ सयभन्दा बढी भएको ट्रेकिङ व्यवसायी पासाङ शेर्पाले जानकारी दिए । बाक्लो हुस्सु र बेलाबेलामा सिमसिम पानी पर्नाले सोलुखुम्बुको जनजीवन प्रभावित बनेको स्थानीय बासिन्दा लामाकाजी शेर्पाले बताए ।

    मौसममा सुधार भएको एक हप्ता बित्न नपाउँदै मौसम फेरि बिग्रिएपछि स्वदेशी तथा विदेशी पर्यटक लुक्लामै रहनुपरेको हो ।

    लुक्लामा दैनिक ५० भन्दा बढी उडान हुने गर्दछ । सीता, तारा, अग्नि, नेपाल वायु सेवा निगम र विभिन्न निजी कम्पनीका हेलिकोप्टरहरुले उडान भर्दै आएको नागरिक उड्ड्यन प्राधिकरण लुक्लाले जनाएको छ ।

    त्यसैगरी, खराब मौसमका कारण फाप्लुमा पनि बाक्लो हुस्सु र सिमसिम पानी परिरहेको छ, जसको कारण हवाईयात्री फाप्लुमै बस्न बाध्य भएका छन् ।

    फाप्लुबाट काठमाडौँ जाने स्वदेशी तथा विदेशी गरी ९० भन्दा बढी नागरिक फाप्लुमै मौसम सुधारको प्रतीक्षा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु