Sunday, 20 May 2012 01:38 pm, Nepal

शिक्षक दरबन्दीमा समेत भागबण्डा

मेचीकाली : 2011-11-14 15:57:17


मुगु, २८ कात्तिक : जिल्लाका सरकारी विद्यालयका लागि दरबन्दी नभए पनि जिल्ला शिक्षा कार्यालयका केही कर्मचारी र शिक्षक सङ्घ, सङ्गठनको गोप्य मिलेमतोमा दरबन्दी सिर्जना गरी भागबण्डा गरिएको छ । जिल्लामा प्राथमिक विद्यालयका लागि ३३१ दरबन्दी भए पनि जिल्ला शिक्षा समितिमा प्रतिनिधित्व गर्ने शिक्षक सङ्घ, शिक्षक सङ्गठन र क्रान्तिकारी तथा शिक्षा कार्यालयका लेखा एवम् शाखा अधिकृतहरुको मिलेमतोमा शिक्षा समितिको निर्णयबिना नै भागबण्डा गरी आफन्तहरुलाई भर्ना गराई तलबसमेत दिइसकेको खुलासा भएको छ ।

    जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरेले पनि आफूले आजभोलि हल्ला सुनेको र त्यसको अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

    म नयाँ भएकाले विगतका कुराहरु त्यति थाहा छैनन् तर पनि पहिलेदेखिका दरबन्दी जगेडा हुन् भने राम्रो भयो तर वितरण र शिक्षक भर्ना प्रक्रिया गलत देखिए स्वतः कारबाही हुन्छ ।

    जिल्ला शिक्षा कार्यालयबाट दरबन्दी वितरण गरिएकोबारे विषय उल्लेख गरिएको २०६८ साउन ८ मा पठाइएको चलानी नम्बर ३० को पत्रअनुसार जिल्लाका विभिन्न छवटा प्राथमिक विद्यालयमा पठाइएको छ । तर छ विद्यालयमध्ये श्रीनगर र रोवामा शिक्षक भर्ना गरिएको देखिएको छैन ।

    नयाँ दरबन्दी खडा गरी भागबण्डा गर्दा एकीकृत माओवादी निकट शिक्षक सङ्गठनलाई प्राथमिक विद्यालय रिखियाँ, काँग्रेस निकट शिक्षक सङ्घलाई प्रावि बाम, एमाले निकट शिक्षक सङ्गठनलाई प्रावि ताल्च र जिल्ला शिक्षा कार्यालयका सहलेखापाल रन सेजुवाललाई प्रावि घट्टलेख परेको छ ।

    सेजुवालले आफ्नी श्रीमती भर्ना गराएजस्तै अन्य विद्यालयमा पनि शिक्षक सङ्गठनका प्रमुखहरुका आफन्तलाई साउनदेखि नै भर्ना गरी तलबसमेत दिइसकिएको स्रोतले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु