


खोटाङ, २९ कात्तिक : राष्ट्रपति डा रामवरण यादवले खोटाङको हलेसी महादेवको आज पूजा गरी प्रसाद ग्रहण गर्नुभयो । नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान १०ः४५ बजे हलेसी आइपुग्नुभएका राष्ट्रपति डा यादवले सो अवसरमा वर्तमान राजनीतिक गतिरोध अन्त्यको कामना गर्नुभयो । सो अवसरमा राष्ट्रपति डा यादवले जिल्लाका राजनीतिक दल, हलेसी विकास समितिका पदाधिकारी, प्रशासन र स्थानीय समुदायसँग कुरा गर्दै पर्यटकीयस्थल हलेसी गुफाको विकास गराउन आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।
हलेसी ऐतिहासिक, पु्रातात्विक र प्राकृतिक हिसाबले अनुपम मन्दिर भए पनि विकास निर्माणमा पछाडि परेको भन्दै यसको विकासका लागि राजनीतिक दल, हलेसी विकास समिति र समुदायले राष्ट्रपति समक्ष ज्ञापनपत्र बुझाएका छन् ।
हलेसी दर्शनपछि राष्ट्रपति डा यादव विराटनगर प्रस्थान गर्नुभयो ।