Sunday, 20 May 2012 01:41 pm, Nepal

विद्युत् महसुल बढाउनुअघि राहत दिनुपर्छ : पूर्व ऊर्जामन्त्री विष्ट

मेचीकाली : 2011-11-16 14:38:48


गुल्मी, ३० कात्तिक : पूर्व ऊर्जामन्त्री गोकर्ण विष्टले विद्युत् महसुल वृद्धि गर्नुअघि सरकारले विद्युत् क्षेत्रमा सुधार गरी जनतालाई सुविधा पुग्ने कार्यक्रम बनाउनुपर्ने बताउनुभएको छ । विद्युत् क्षेत्रमा अहिले देखिएका समस्या समाधान गरी जनतालाई गुणस्तरीय सेवा दिएपछि मात्र विद्युत् महसुल बढाउनु उपयुक्त हुने उहाँको भनाइ छ ।

आज गुल्मीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जनतालाई राहत दिन आफूले दिएको प्रतिवेदन सरकारले कार्यान्वयन गरेमा सुख्खा मौसममा पनि छ÷सात घन्टामात्र लोडसेडिङ झार्न सकिने दाबीसमेत गर्नुभयो ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकले दबाबको आधारमा राजीनामा दिएको भन्दै पूर्वमन्त्री विष्टले भन्नुभयो यसले योग्यता भएका व्यक्तिले स्वतन्त्रतापूर्वक काम गर्न सक्दैनन् भन्ने कुरा स्थापित गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु