Sunday, 20 May 2012 01:42 pm, Nepal

ट्याक्टर दुर्घटना तीनजनाको मृत्यु

मेचीकाली : 2011-11-17 11:39:16


पाँचथर, १ मंसिर : पाँचथरमा ट्र्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । पाँचथरको थर्पुबाट च्याङ्थापुतर्फ मध्यपहाडी लोकमार्गको सामान लिएर जाँदै गरेको मे१त ७२१२ नम्बरको ट्र्याक्टर ओयाम–३ को स्कुल डाँडा भन्ने स्थानबाट २५० मिटर तल खसेको थियो ।  दुर्घटनामा सिन्धुपाल्चोकका विजय बम्जन, सोमबहादुर सिंह र ओखलढुङ्गाका नाम खुल्न नसकेका कान्छा लामाको घटनास्थलमा नै मृत्यु भएको छ ।

यस्तै  पाँचथरका चालक मिलन सिवाकोटी र जोरपोखरीका कालु बम्जन घाइते भएका छन् । घाइतेलाई पाँचथरमा उपचार सम्भव नभएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

यसैबीच सर पाँचथरको व्यस्तमध्येको एक मानिने थर्पु गाविस वडा नं १ मा रहेको दाहाल गाउँमा आगलागी हुँदा एक दर्जन बढी घर जलेर नष्ट भएका छन् । पाँचथरका प्रहरी नायब उपरीक्षक राजेशनाथ बास्तोलाका अनुसार गएराति करिब १२ः०० बजेदेखि आगो लागेको हो । स्थानीय पूर्ण काम्बाङका अनुसार आगो के कारणले लाग्यो भन्नेबारेमा अझै पुष्टि हुन सकेको छैन । स्थानीयवासी र प्रहरीको सक्रियतामा अहिले आगो नियन्त्रणमा लिनेक्रम जारी छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु