Sunday, 20 May 2012 01:43 pm, Nepal

ताला खुल्न नसक्दा परीक्षा सञ्चालन हुन सकेन

मेचीकाली : 2011-11-21 12:22:43


अर्घाखाँची, ५ मंसिर : जुकेना गाविसस्थित सुधा उच्च माविमा  चार दिनदेखि लगाइएको ताला खुल्न नसक्दा विद्यालयको दोस्रो त्रैमासिक परीक्षा सञ्चालन हुन सकेको छैन । विद्यालयमा नेपाली विषयको शिक्षक राख्ने विषयमा स्थानीय  राजनीतिक दलबीच समझदारी कायम हुन नसकेपछि गत बिहीबारदेखि विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका थिए ।

    खुल्ला प्रतिस्पर्धाबाट योग्य शिक्षक राख्नुपर्ने, शिक्षक  नियुक्तिमा राजनीतीकरण गर्न नहुने भन्दै विद्यालयमा तालाबन्दी गरिएपछि विद्यालयका एकदेखि १२ सम्मका सम्पूर्ण कक्षामा पढाइ सञ्चालन हुन सकेको छैन ।

      तालाबन्दी भएपछि आजदेखि हुने भनिएको विद्यालयको दोस्रो त्रैमासिक परीक्षा रोकिएको विद्यार्थी हिमाल घिमिरेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु